२०८१ चैत्र ११ गते सोमवार

तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुईसय बेडको स्वीकृति



१४ कात्तिक । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुईसय बेडको स्वीकृति प्रदान गरिएको छ । यस अघि ५० बेडभएपनि ९५ बेड सञ्चालन गर्दै आएको अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिब स्तरीय बैठकले दुईसय बेडको जनरल अस्प्ताल बनाउने गरि अनुमति दिएको हो । विहीबारदेखि अस्पताललाई दुईसय बेडको बनाउने प्रक्रिया पनि अघि बढिसकेको छ । मन्त्रालयले १० करोड रुपैँया बजेट समेत अस्पताललाई बिनियोजन गरेको छ ।

दुईसय बेडको अनुमति पाएसंगै अब ६ सय बेडको अस्पताल बनाउने गरि प्रक्रिया पनि अगाडी बढाउने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सर्वेश शर्माले बताए ।यो संगै रोल्पा अस्पतालाई १५ बाट ५० ,रुकुम पूर्व अस्पताललाई १० बाट २५ , प्युठान अस्पतालाई ३० बाट ५० ,अर्घखाँची अस्पताललाई ३८ बाट ५० , गुल्मी अस्पताललाई ३० बाट ५०, पाल्पा अस्पतालाई १५ बाट ५० , कपिलवस्तु अस्पतालाई ३६ बाट ५० , पृथ्वीचन्द्र अस्पताल नवलपरासीलाई पनि ५० सैय्याको बनाउने गरि अनुमति दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्