१४ कार्तिक । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका नगर प्रमुख गोर्ख बहादुर केसीले आठविसकोट नगरपालिका वडा नं.१३ हाम्पाका स्थानिय बाढी पिडीहरुसँग भेटघाट कार्यक्रम गर्नु भएको छ ।
वडा नम्वर १३ को दह लेकमा पुगेर उहाँले बाढी पिडीत स्थानिय सँग प्रत्यक्ष भेट गर्नु भएको नेपाल कम्युनिष्ट पार्टि नेकपाका वडा कमिटी सचिव टेक बहादुर थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार नगर प्रमुख केसीले पहिरोले घर भत्कीएका र पुरै जग्गा बगाइदिएका पिडीहरुलाई भेटेर राहत उपलब्ध गराउने प्रक्रिया थाल्ने बताउनु भएको छ ।
हम्पाका स्थानिय नागरिकहरु आशा राम कुसारी , रते खत्री , नैने कामी , चामे खत्री , पञ्चे बुढाथोकी ,कलिभान विक दत्ते बुढाथोकी , प्रविर बुढाथोकी लगाएतका स्थानिय सँग भेट गरी , पिडीहरुले घर बनाउन भुगोल छनोट गरेपछी घर बनाउनका लागी उनीहरुलाई विशेष सहयोग गर्ने नगर प्रमुख केसीले प्रतिवद्धता जनाउनु भएको सचिव थापाले जानकारी दिनु भयो ।
गएको वर्ष वर्षादको समयमा उक्त ठाँउमा पहिरो जाँदा ११ घरपरिवार विस्थापित भएका छन भने ३ दर्जन भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन ।
साथै नगर प्रमुख केसीले लेकाली क्षेत्र १३ नम्वर वडाका बस्तीहरु मैराजे , रातामाटा , दह , जरजने , काफलधारा लगाएतका लेकाली वस्तीहरुमा पानी ल्याउन विशेष अध्ययन गरेर योजना वनाउन सकिने बताउनु भएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार