२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा पहिलोपटक फिजियो थेरापी सञ्चालनमा, अपाङ्गता भएका नागरिक खुसी



१४ असोज,घोराही – अपाङ्गगता भएका व्यक्तिहरूका लागी उपचारमा सजिलो होस् भन्ने उदेश्यले दाङमा पहिलोपटक फिजियो थेरापी केन्द्र सञ्चालनमा आएको छ । थेरापी केन्द्र सञ्चालनमा आएपछि अपाङगता भएका नागरिक खुसी भएका छन् ।

शारिरिक र मांसपेशिको चालमा सहजता ल्याउनका लागि गरिने उपचार फिजियो थेरापी सेवा दाङमा नै पाएपछि सहज भएको तुलसीपुर ७ नवलपुरका इन्द्र वहादुर नेपालीले बताउनुभयो ।

अपाङ्गताका क्षेत्रमा १३ वर्ष देखी काम गर्दे आएको अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरले सुरुवात गरेको यो सेवाले अपाङ्गता भएका व्यक्तीहरुलाई हर्षित बनाएको छ । अपाङ्गता भएका व्यक्तीका लागी टाढा गएर फिजीयोथेरापी सेवा लिन कठिनाई हुने गरेको थियो ।

सामान्य उपचारको लागि पनि टाढा जानुपर्ने र महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन फिजियो थेरापी केन्द्र सुरु गरेको अपाङ्ग समाज सुधार केन्द्रका महासचिव दोलख खत्रीले जानकारी दिनुभएको छ ।

हाड जोर्नी तथा मांसपेशीमा देखिएका समस्या समाधान गर्न फिजियोथेरापी अभ्यास गरिने फिजीयोथेरापिष्ट डाक्टर पुष्पा पोख्रेलले जानकारी दिनुभयो । केन्द्रबाट २ महिनाको अवधिमा दाङ जिल्लाका ७ जनाले सेवा लिएको जनाइएको छ ।।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्