२०८१ चैत्र १० गते आइतवार

तीन दिन भित्र फुटपाथ पसल हटाउन तुलसीपुर उपमहानगरको आग्रह



१४ असोज, दाङ –
तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रका फुटफाथ पसल तथा ठेलागाडाहरु तीन दिन भित्र हटाउन आग्रह गरेको छ । सड्क पेटीमा फुटपाथ पसल संचालन गर्दा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले फुटपाथ पसल र ठेलागाडाहरु असोजको १३ देखि लागू हुने गरी तीन दिन भित्र हटाउन आग्रह गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ बसपार्क स्थित पातुखोला पुलको उत्तर तर्फ खाली स्थानमा फुटपाथ तथा ठेलागाडामा पसल संचालन गर्न पटकपटक सूचना तथा माईकिङ गरी जानकारी गराउँदा समेत अटेरी गरेको हुँदा अबको तीन दिन भित्र पसल हटाउन आग्रह गरेको हो ।

बुधबार तुलसीपुरमा बसेको पुर्ण बैठकबाट निणर्य भएको हुँदा अन्तिम पटक पुनः यो सूचना जारी गरिएको छ, अन्यथा तोकिएको समयभित्र फेरी अटेरी गरेमा सामानहरु उठाईने र सो सामान उठाउँदा कुनै क्षेति भएमा तुलसीपुर उपमहानगरपालिका जिम्मेवार नहुँने सूचनामा जानकारी गराईएको छ ।

उपमहानगरपालिकाले फेरी एक सूचना जारी गदै असोजको १३ गते देखि लागू हुने गरी बजार क्षेत्रका सडक पेटीमा व्यापार व्यवसायी गदै आएका फुटफाट पसल र ठेलागाडाहरु तिन दिन भित्र हटाउन भनेको छ ।।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्