२०८१ माघ २६ गते शनिवार

आज दाङका थप ८ जनामा कोरोना पुष्टि



१४ असोज,घोराही –
दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर परिक्षणबाट ४ जना र विभिन्न स्थानिय तहमा ८ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमा राप्तीका ५ जना, गढवा, लमही र घोराहीका एक एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यसैगरी, आज ८ जना कोरोना मुक्त भएका छन् । निको हुनेहरुमा घोराहीका ३ जना, तुलसीपुर र लमहीका २÷२ जना त्यस्तै राप्तीका एक जना रहेका छन् ।। दाङमा अहिले ६० जना कोरोनाका सकृय बिरामी छन् । ति मध्य ५१ जना घरमै र ६ जना आईसियूमा र अक्सिजन सहितको उपचारमा ३ जना रहेको केन्द्रले जनाएको छ ।

दाङमा बैशाख यता ९ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ८ हजार ८ सय २३ जना निको भएका छन् भने २ सय १५ जनाको मृत्युभएको छ ।।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्