२०८२ बैशाख १८ गते बुधवार

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



१४ असोज,घोराही –
रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै बालबालिका नियमित खोपको पहुँचमा पुगेपछि खोप समन्वय समिति र स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका एक हजार ३ सय बालबालिका र १६ देखि २३ महिनासम्मका ९ सय ३४ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । रुकुम पूर्व नेपालको ६२ औँ पूर्ण खोप जिल्ला घोषणा भएको हो ।।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्