१४ असोज,घोराही –
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा धेरै शिक्षक अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो ।
केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको दरबन्दी रिक्त रहेको छ भने माविमा विज्ञान ४३३, अंग्रेजी ३१३ र नेपाली २३० शिक्षक दरबन्दी रिक्त रहेको छ ।
केन्द्रले आयोगमा पठाएको विवरणमा खुला तर्फ निमाविमा अंग्रेजी ६२२, सामाजिक ३५२, गणित विज्ञान ३६४, गणित ३७०, ऐच्छिक प्रथममा ९ गरी जम्मा २ हजार ५९३ दरबन्दी रिक्त रहेको उल्लेख छ ।
त्यस्तैगरी माध्यमिक तहमा नेपाली २३०, सामाजिक २०१,गणित २२८, ऐच्छिक प्रथममा १८ र ऐच्छिक द्वितीयमा ५९ गरी जम्मा १ हजार ५४२ शिक्षक दरबन्दी रिक्त रहेको छ । प्राथमिक तहमा १२ हजार ९१२ दरबन्दी रिक्त रहेको विवरण पठाएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।।