२०८१ माघ १२ गते शनिवार

दाङमा कुसुण्डा भाषा संरक्षण गर्न समिति गठन



१४ असोज, दाङ – दाङमा कुसुण्डा जातिको भाषा संरक्षण गर्न समिति गठन गरिएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको समन्वयमा कुसुण्डा महिला विकास समाज नेपालले आयोजना गरेको कार्यक्रममा समिति गठन गरिएको हो।

फनी कुसुण्डाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ। समितिले कुसुन्डा भाषाको संरक्षणका साथै सो समुदायका महिलालाई अधिकार दिलाउनका लागि पहल गर्ने जनाएको छ। लोपोन्मुख कुसुण्डा समुदायका महिलालाई नेतृत्व तहमा अघि बढाउने लक्ष्यका साथ काम गरिरहेको राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका सचिव सावित्रा चेपाङले बताइन्।

‘कुसुण्डा समुदायका महिलाको पहुँच बढाउन जरुरी छ’, उनले भनिन्। कुसुण्डा समुदायमा नयाँ पुस्ताको ध्यान आफ्नो भाषा संरक्षणतर्फ केन्द्रित भएको पाइएको छ। स्थानीय तहमा लागू गर्नसके भाषा संरक्षणमा टेवा पुग्ने कक्षा १० मा अध्ययनरत फाली कुसुन्डा बताउँछिन्। कार्यक्रममा १८ कुसुण्डा किशोरीको सहभागिता थियो।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्