१४ असोज दाङ –
दाङ तुलसिपुरको टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुल्ला फुटबल प्रतियोगिता २०७८ मा आज बिहिवार देखि सेमिफाइनलका खेल सुरु हुदैछ्न् । टरिगाउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेलमा ज्ञानज्योती तुलसिपुर र माईलदाई फुटबल क्लब कालितारा भिड्नेछ्न् । खेल दिउँसो दुई बजेपछी सुरु हुनेछ ।
त्यस्तै सुक्रबार अन्तिम सेमिफाइनल खेलमा बेलुवा फुटबल क्लब र युनाईटेड युथ क्लब तुलसिपुर आमनेसामने हुनेछ्न् । खेल दिउँसो दुईबजे पछि हुनेछ । क्वाटरफाइनल मा बेलुवा फुटबल क्लब ले युएनबिसी घोराही लाई एक का विरुद्ध तीन गोल अन्तर ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा मगर एकता युवा क्लब संग वाक ओभर पाउदै युनाईटेड ले सेमिफाइनल यात्रा तय ग¥यो ।
त्यस्तै ज्ञानज्योती तुलसिपुरले आयोजक टरिगाउ युवा क्लब लाई पेनाल्टी मा एक का विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्र तय गर्दा माईलदाई युवा क्लब ले खाद्रे लाई एक का विरुद्ध तीन गोल ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।
स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुरस्कृत गरिनेछ ।।