२०८१ माघ २६ गते शनिवार

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहीबार बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रम देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा ‘एमाले’, नेकपा ‘माओवादी केन्द्र’, नेकपा ‘एकीकृत समाजवादी’, जनता समाजवादी पार्टी ‘जसपा’लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्