२०८१ चैत्र १३ गते बुधवार

दाङमा धानबाली सुक्न थालेपछि किसान चिन्तित



१४ भदौ, घोराही –
दाङमा धानबाली सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । तुलसीपुर उपमहानगरपालीका १ मा धान सुक्ने समस्या देखिएपछि किसानहरु चिन्तित बनेका हुन् ।

किसानहरुले लगाएको करिव २० विगाघा क्षेत्रफलको धान वालीमा यस्तो समस्या देखिएको छ । यो समस्याले गर्दा किसानहरुलाई ठुलो क्षति पुगेको स्थानिय कृषक भिमकान्त भण्डारीले जानकारी दिनुभयो ।

किसानहरुले कृषि सेवा केन्द्रका प्राविधिकहरुको सल्लाह अनुसार धानमा औषधी छर्कदा पनि उक्त रोग अझै नियन्त्रणमा आउन नसकेको गुनासो गरेका छन् ।।

 

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्