१४ भदौ, घोराही –
आज दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १९ जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ८ जनाको एन्टीजेन परिक्षण गर्दा ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा घोराही ४, तुलसीपुर र राप्तीका एक/एक जना रहेका छन् । आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ११ जना पुगेको छ । ति मध्य घरमा ९५ जना, अक्सिजन सहितको उपचारमा ३ जना र १३ जना आईसियूमा रहेको जिल्ला आपतकालिन संन्चालन केन्द्रले जनाएको छ ।
यस्तै, वितेको २४ घण्टामा १९ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ४ जना, लमहीका ३ जना, गढवाका एक जना रहेको केन्द्रले जनाएको छ ।
आज थपिएका ६ जना सहित बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय ९५ जना पुगेको छ । ति मध्य ८ हजार ५ सय ७० जना निको भएका छ भने २ सय ११ जनाको मृत्युभएको छ ।।