२०८२ बैशाख ९ गते सोमवार

प्युठान र रुकुम पश्चिममा बिद्यालय खुले



१४ भदौ, घोराही –
कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् । स्थानीय तहले स्वास्थ्य सुरक्षालाई ध्यान दिदै विद्यालय सञ्चालन गर्न थालेका हुन्  ।

प्युठानको ऐरावती, नौबहिनी र गौमुखी गाउँपालिकामा रहेका विद्यालयहरुमा भौतीक उपस्थितीमै साउन तेस्रो साताबाट पढाई शुरु भएको हो । तीन बटै गाउँपालिकामा रहेका सामुदायिक र संस्थागत गरी करिब ३० हजार विद्यार्थीहरु नियमित विद्यालयमै पुगेर पठनपाठन गर्न थालेका छन् ।

यस्तै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाले पनि विद्यार्थीको भौतिक उपस्थितीमै पठनपाठन शुरु गर्ने तयारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्मार्ट लकडाउनको कार्यविधि अनुसार कार्यविधि भित्र पर्ने विद्यालयलाई पठनपाठन गर्न÷गराउनका स्थानीय तहसँग समन्वय भैरहेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्