२०८१ चैत्र १३ गते बुधवार

बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालनमा



१४ भदौ, घोराही –
दाङमा छाडा छोडिएका गाईगोरुलाई संरक्षण गर्न थालिएको छ । योगी आदित्यनाथ फाउण्डेशनको नामबाट तुलसीपुर उपमहानगरपालिका १८ बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालन गरिएको हो ।

नेपाल संस्कृत विश्व विद्यालयको करिब ४५ विगाह जमिन भाडामा लिएर गाई संरक्षण गर्न थालिएको फाउण्डेशनका संरक्षक भरतनाथ योगीले जानकारी दिनुभयो । दूध दिदा सम्म र जोत्ने अबस्था हुदा सम्म पाल्ने त्यसपछी गाईगोरुलाई छोड्ने गर्दा शहर र सडकमा आएकालाई उक्त संरक्षण केन्द्रमा राख्ने योजना रहेको उहाँको भनाई छ ।

सडक तथा बजारमा गाईगोरु आउदा दुर्घटना हुने र त्यसले जटिल समस्या निम्तने गरेको भन्दै उहाँले संरक्षणमा चासो दिईएको बताउनुभयो । बार्षिकरुपमा विश्व विद्यालयलाई १० लाख रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको फाउण्डेशनका अध्यक्ष अनिल विष्टले जानकारी दिनुभयो ।

राष्ट्रिय जनाबरलाई राम्रो सँग पालनपोषण गर्नुपर्छ भन्ने सन्देश दिन पनि गाई संरक्षण थालिएको उहाँको भनाई छ । यसैविच घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गाईगोरुलाई बेवारीसे बनाउने क्रम बढेको भन्दै संरक्षण तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

घरमै संरक्षण गर्नुपर्ने गाईगोरुलाई छाडारुपमा छोड्ने प्रबित्ती ठिक नभएको उल्लेख गर्नुभयो । गाई संरक्षण केन्द्रको आज अबलोकन गर्दै नगर प्रमुख चौधरीले किसानले गाईगोरुलाई छोड्दा बजार र सडकमा समस्या निम्तिएको र संरक्षणमा ध्यान जानु सुखद पक्ष भएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्