२०८१ चैत्र ११ गते सोमवार

कारवाहीको माग गर्दै आज पनि स्वास्थ्यकर्मी आन्दोलित



१४ भदौ, घोराही –
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न अस्पतालमा कार्यरत करिव ३ सय जना स्वास्थ्यकर्मीहरुले आज घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वाथ्यकर्मी माथि हुने दुव्र्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सृजना गर लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर घोराही बजारमा बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले दोषीलाई पक्राउ गरि जति सक्यो चाडो कारवार्ही गर्न आग्रह गरेका छन् । नेपाल चिकित्सक संघ दाङले प्रहरी प्रशासनले चिकित्सकमाथी कालोमोसो दल्नेलाई पक्राउ नगरेसम्म आन्दोलन नरोकिने बताएको छ । सर्जन परियारको समुहले शुक्रबार अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा.विनोद सिंहलाई कालोमोसो दलेर दुव्र्यवहार गरेको थियो ।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्