२०८२ बैशाख १८ गते बुधवार

मोसो दल्नेलाई पक्राउ गर्न डिएसपिकै कमाण्डमा प्रहरी परिचालन



१४ भदौ, दाङ– दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई अनेरास्ववियु दाङ संयोजक लगायतले कालो मोसो दलेर अभद्र व्यवहार गरेपछि अस्पतालमा तनाव बढेको हो।

त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेर सडकमा प्रदर्शन गरेका छन्। घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका हुन्। चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ। कालोमोसो दल्ने पक्राउ नपरेपछि प्रहरी प्रशासनमाथी दबाब बढाउदै लगेका चिकित्सकहरुले आन्दोलनलाई थप कडाइका साथ लैजाने तयारी गरेका छन ।
ठाउँ-ठाउँमा चिकित्सकमाथी दुर्ब्यबहार गर्नेलाई उन्मुक्ति पाइरहेको भन्दै आन्दोलन मार्फत दबाब दिन थालेपछि प्रहरीले दोषिलाई खोजी गर्नेक्रम तिब्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङले कालोमोसो दल्नेलाई नियन्त्रणमा लिन छुट्टै संयुन्त्र बनाइ परिचालन गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले आफै नै डिएसपिकै कमाण्डमा प्रहरी परिचालन गरेका छन । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरेका छन । प्रहरी जसरी पनि दोषिलाई पक्राउ गर्नै पर्ने चौतर्फि दबाब परेको छ ।

चिकित्सकको सडक आन्दोलनले मोसो दल्नेलाई पक्राउ गर्नैपर्नेमा प्रहरी दबाबमा, एसपिले डिएसपिकै कमाण्डमा टोलि खटाए घ
अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन्। तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सयभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै सडकमा उत्रिएका छन्।

अस्पतालभित्र सुरक्षा चुनौती थपिएको बताउँदै उनीहरुले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्। दोषीलाई कारबाही नहुँदासम्म अस्पतालमा काम गर्ने वातावरण नहुने अस्पताल सञ्चालन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताउनुुभयो।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालो मोसो दलेका थिए।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्