२०८१ माघ ४ गते शुक्रवार

लुम्बिनीको राजधानी व्यवस्थापन समितिको संयोजकमा मन्त्री चौधरी



१४ भदौ,दाङ – लुम्बिनीको राजधानी दाङको राप्ती क्षेत्रमा भौतिक पूर्वाधार व्यवस्थापनका लागि विशेष समिति निर्माण गरिने भएको छ ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले पर्यटन, शहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई प्रदेश राजधानी व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्री चौधरी संयोजकत्वको समितिले प्रदेश स्थायी राजधानीका लागि आवश्यक पूर्वाधार तयार पार्न समन्वयको काम गर्ने जानकारी दिनुुभयो ।

गत बर्ष असोज २० गते प्रदेश सभाबाट दाङको राप्ती गाउँपालिकालाई स्थायी राजधानीको केन्द्र तोक्ने निर्णय बहुमतले पारित गरेको थियो ।

प्रदेश सरकारले गठन गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्थायी राजधानी ब्यवस्थापनका लागि दाङमा काम आवश्यक पूर्वाधार निर्माणका गर्ने गरि काम गरिरहेको छ । राप्ती प्राबिधिक शिक्षालय भिराप्ती प्राबिधिक शिक्षालय भित्र प्रदेशसभाको भवन निर्माणको काम चलिरहेको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्