२०८२ बैशाख ११ गते बुधवार

वर्षायाममा सङ्क्रामक रोगबाट बच्न डाक्टरको सुझाव



१४ भदौ, घोराही –
वर्षायाममा सङ्क्रामक रोगको जोखिम हुने भएकाले सचेत हुनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।

केही दिनदेखिको लगातारको झरीले देशका कतिपय बस्ती डुबान र पहिरोको चपेटामा परेकाले त्यस्ता क्षेत्रमा सङ्क्रामक रोगको जोखिम हुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो ।

बाढी र पहिरोले विशेषगरी पानीको मुहान नै बगाउने वा पानीको स्रोत नै नाश गर्नेे भएकाले पानीलाई उमालेर वा अन्य उपाय अपनाइ शुद्धिकरण गरेर मात्र पिउन डाक्टर पुनको सुझाव छ । अहिले बाढी प्रभावित क्षेत्रमध्येको पूर्वी नवलपरासीमा डुबानले गर्दा पिउने पानीको समस्या भएको स्थानीय सन्दिप गौणले बताउनुभयो ।

बाढी र पहिरोका कारण कतिपय स्थानमा शौचालयको समस्या आएको छ । यसैबीच बाढी आएको बेलामा सर्पदंशको घटनासमेत बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने जनस्वास्थ्य विज्ञको सुझाब छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्