१४,भदौ,दाङ –
दाङमा मोटरसाइकललाई अटोले ठक्कर दिँदा एकै घरका चार जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–७ सिमलकुना निबासी मोटरसाईकल चालक २८ वर्षका विनोद बुढाथोकी, श्रीमती २४ वर्षकी पवित्रा बुढाथोकी, चार वर्षकी छोरी सानवी बुढाथोकी र आमा ४५ वर्षकी चन्द्रकला बुढाथोकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो ।
तुलसीपुरबाट सिमलकुना जाँदै गरेको मोटरसाईकललाई अटोले शान्तिनगर–७ खैरेनीमा हिजो साढे सात बजे ठक्कर दिएको थियो । ठक्कर दिने अटो र चालकलाई खिलतपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार