२०८१ असार २ गते शनिवार

लायन्स क्लब अफ घोराहीको अध्यक्षमा पवन योगी



१४ साउन, घोराही –  लायन्स क्लब अफ घोराही सिटीको अध्यक्षमा पवन योगी निर्वाचित हुनुभएको छ । सन् २०२२–२०२३ का लागी योगी अध्यक्षमा निर्वाचित हुनुभएको हो । योगीले शुक्रवार पदभार ग्रहण गर्नुभएको छ । शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि योगी सहित नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गर्नुभएको छ ।

लायन्स क्लब अफ घोराही सिटीका सन् २०२१–२०२२ का अध्यक्ष ललित श्रेष्ठको अध्यक्षता एवं लुम्बीनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्रि माननिय अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्य र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको हो ।

क्लबको निवर्तमान अध्यक्षमा ललित श्रेष्ठ, प्रथम उपाध्यक्षमा विवेक आचार्य, दृतिय उपाध्यक्षमा ओविन्द्र महरा, तृतय उपाध्यक्षमा सनत गिरी, सचिवमा रविकिरण के.सी, कोषाध्यक्षमा कुलबहादुर वली रहनुभएको छ । यस्तै अन्य विभाग प्रमुखहरुमा पुष्पराज आचार्य, प्रदीपसिंह गहतराज, सुदर्शन गिरी, भुवन पोख्रेल, दिपक सेठ्ठी, बिमल श्रेष्ठ, चेतन बस्नेत, कैलाश खत्री, पंकज न्यौपाने, बसन्त खनाल, दोर्णराज पाण्डे, आर.के.शीतल र कमल पुन रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बीनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाई राज्य मन्त्रि माननिय अर्जुन कुमार श्रेष्ठले लायन्स क्लबले युवाहरुको व्यक्तीत्व विकास र नेतृत्व विकाससँगै सामाजिक कार्यमा अतुलनिय योगदान गरेको बताउनुभयो । सरकारसँगको समन्वयमा एवं अन्य सामाजिक संघसंस्थासँगको समन्वयमा समाजमा शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्न उहाँले क्लबलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योगीले एक बर्षमा गर्ने कार्यक्रमहरुको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । जसमा शिक्षा तथा स्वास्थ्य, आँखाको दृष्टी, वातावरण संरक्षण, लागुऔषधी बिरुद्ध सचेतना, गरिबी निवारण लगायत रहेका छन् ।

क्लकका प्रथम उपाध्यक्ष विवेक आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तृतीय उपाध्यक्ष सनत गिरीले राष्ट्रिय झण्डाको अभिवादन गराउनुभएको थियो । त्यस अवसरमा समाजमा अतुलनिय योगदान प¥याए वापत भुपाल गिरी, गिरीराज शर्मा र राधिकादेवी आर्चायलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्