२०८१ जेष्ठ ३० गते बुधवार

साइवर अपराध रोक्न सचेतनाको आवश्यक



१४ साउन, घोराही –
सामाजिक सञ्जालका माध्यमबाट हुने अपराध रोक्नका लागि सवै सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । सामाजिक सञ्जालको गलत प्रयोग तथा अञ्जानमा विभिन्न खालका अपराधका घट्नाहरु हुने गरेको भन्दै उनीहरुले त्यस्ता अपराध रोक्नका लागि सचेतनामुलक कार्यमा जोड दिनुपर्ने बताएका हुन ।

अमेरिकन राजदुतावासको सहयोग तथा नेपाल अमेरिका अलुम्नाई नेटवर्कको सहयोगमा सञ्चालित ‘मेरो आवाज, मेरो शक्ति’ परियोजनाको आज आयोजित समिक्षात्मक गोष्ठीमा बोल्ने सहभागीहरुले सचेतनामुलक कार्यलाई एकबाट अर्काेले समाजमा फैलाउन सहयोग गरे अन्जानमा हुने गल्तीबाट धेरै बच्न सक्ने बताएका थिए । त्यसकालागि सचेत नागरिकहरु साइवर अपराध रोक्नका लागि लाग्नुपर्नेमा जोड दिएका थिए ।

समिक्षात्मक कार्यक्रममा नेपाल–अमेरिका अलुम्नाई नेटवर्कका लुम्विनी प्रदेश संयोजक दुर्गा पाण्डेले ‘मेरो आवाज,मेरो शक्ति’ कार्यक्रम अन्तर्गत गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरी परियोजना अन्तर्गत स्कुल तथा समुदायमा गरेको गतिविधिका बारेमा कम्युनिटी एम्बास्डर कल्पना चौधरी र ममता केसीले जानकारी गराउनुभएको थियो ।

नेपाल अमेरिका अलुम्नाई नेटवर्कका लुम्बिनी प्रदेश संयोजक दुर्गा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सामाजिक सञ्जालबाट हुने अपराध रोक्नका लागि सचेतना आवश्यक रहेको बताउनुभयो । त्यसका लागि हरेक नागरिकहरुलाई सामाजिक सञ्जालका माध्यमबाट हुने अपराधका बारेमा सचेत बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि आफुले समेत सहयोग गर्ने बताउनुभएको थियो ।

 

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्