२०८१ असार ६ गते बुधवार

प्युठानमा जिप दुर्घटना : १ जनाको मृत्यु, १४ जना घाइते



१४ साउन,प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन।त्यसमध्ये ९ जनाको अबस्था गंभीर छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो। जीपमा १७ जना सवार थिए। दुर्घटनाको कारण खुलिसकेको छैन।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्