१५ साउन, घोराही –
दाङको कृषि क्षेत्रको विकासका लागि आएको २ करोड ४२ लाख बढि रकम खर्च नभएर फर्किएको छ । कृषि ज्ञान केन्द्र दाङका अनसार १२ करोड ५२ लाख ५७ हजार रुपैया बजेट मध्य २ करोड ४२ लाख ६८ हजार रकम खर्च हुन नसकेर फ्रिज भएको हो ।
कोभिडको संक्रमण फैलिएसँगै सरकारले गरेको लकडाउनका कारण शतप्रतिशत बजेट कार्यान्वयनमा समस्या भएको कृषि ज्ञान केन्द्र दाङका बाली संरक्षण अधिकृत तथा सुचना अधिकारी रुद्रमणि पौडेलले बताउनुभयो ।
कोरोनाका कारण दुई महिना भएको लकडाउनले कृषि क्षेत्रमा धेरै काम गर्न नसकिएको पौडेलले बताउनुभयो । कृषि क्षेत्रको लागि आएको बजेट कार्यान्वयन गराउन आफुहरुले लकडाउनको समयमा काम गरेपनि किसानहरू कार्यालयसम्म आउन नसकेका कारण समस्या भएको उहाँले बताउनुभयो ।
यस्तै जिल्लामा कृषि क्षेत्रमा १० करोड ९ लाख ८ ९ हजार लगानी गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कृषि ज्ञान केन्द्र दाङमार्फत उक्त रकम खर्च गरिएको हो ।।