२०८१ जेष्ठ ३० गते बुधवार

देशभर अहिलेसम्म झन्डै २० प्रतिशत मात्रै रोपाइँ : मल र सिँचाइको अभाव



१६ असार,घोराही-
देशभर अहिलेसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिनमा थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।

विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।

सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो । वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।

अहिलेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ « Surya Khabar

प्रदेश–२ मा रोपाइँ सुरु हुन सकेको छैन । यस्तै भारतबाट मल आउने क्रममा रहेको र देशभर मनसुन पनि सक्रिय भएकाले अब धमाधम रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताउनुभयो । विगतको तुलनामा यसपालि मध्यअसारसम्म धान रोपाइँ अलि कम देखिएको तर साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म रोपाइँ भैसक्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्