२०८१ असार २ गते शनिवार

बिहीबार रातिदेखि मुसलधारे वर्षा कम हुने : देशभर बदली र वर्षाको क्रम भने जारी रहने



पछिल्लो तीन दिनदेखिको मुसलधारे वर्षा बिहीबार रातिदेखि कम हुँदै जाने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मंगलबार र बुधबार मुसलधारे वर्षा भएको थियो । तर, अब केही दिन सामान्य र मध्यम वर्षा हुने अनुमान मौसमविद्हरूले गरेका छन् । सोमबारदेखि देशभर मनसुन सक्रिय हुँदै धेरैजसो ठाउँमा भारी वर्षा भएको थियो ।

‘जुन, जुलाईमा मनसुन सक्रिय हुन्छ, वर्षा त जतिखेर पनि हुने भइहाल्यो,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘तर, मंगलबार रातिदेखिको जस्तो भारी वर्षा हुने सम्भावना केही दिनलाई छैन ।’ देशभर बदली र वर्षाको क्रम भने जारी नै रहने उनले बताइन् ।

raining-pani-pareko « Khasokhas

मनसुनी न्यूनचापीय रेखा औसत नेपालको दक्षिणी भूभागनजिक रहेकाले धेरै वर्षा भइरहेको हो । मंगलबार पूर्वी नेपालकेन्द्रित वर्षा भएकामा बुधबार देशभर वर्षा भएको थियो । महाशाखाका अनुसार बिहीबार देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । तर, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको आकलन गरिएको छ । राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२४ घन्टामा कहाँ कति पानी पर्‍यो ? (मिलिमिटरमा)

  • बारा (निजगढ) : २१६.४
  • नवलपरासी पूर्व (डन्डा) : २०१.६
  • कैलाली चिसापानी : २००.३
  • पाल्पा : १८१.६
  • सिन्धुलीमाढी : १७६.८ 
  • तानसेन : १७४.२
  • नेपालगन्ज : १६६.६
  • पोखरा : १६६.४
  • नवलपुर (धुमकौली ) : १६५.४
  • धनुषा (हंसपुर) : १६३.६
  • कालीकोट (कुमालगाउँ) : १६३.२
  • दाङ (घोराही) : १४८.६

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्