२०८१ असार ६ गते बुधवार

२१ जनाको शव भेटियो , १ जनाको अवस्था अज्ञात



१६ जेठ, काठमाडौं- मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । विमानमा सवार १ जनाको अवस्था अज्ञात छ ।

शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए । विमानमा सवार १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्