२०८१ फाल्गुन ४ गते आइतवार

बालेन्द्र साहको पहिलो निर्णय: नगरकार्यपालिकाको बैठक लाइभ गर्ने



१६ जेठ, काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सोमबार पदभार सम्हालेपछि साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।

नगरकार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ । उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । काठमाडौंको फोहोर व्यवस्था, पहिलो प्राथमिकता रहेको उनले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्