२०८१ असार २ गते शनिवार

मौरीघाटमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु



१६ जेठ, घोराही-  दाङ देउखुरीको मौरीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । आज सोमबार बिहान ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गईरहेको लु अ अ जे ५००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका ४ श्रीनारायण चोक मौरीघाटमा ठक्करबाट सोही वडा कै खिनैटा निवासी बर्ष ५२ का बल्लु गिरीको घटनास्थल मै मृत्यु भएको प्रहरी चौकी मसुरियाका सई शत्रुधन उपाध्यायले जानकारी दिए ।

मृतक गिरी बिहान मोर्निकवाक गर्दै पूर्वबाट पश्चिम तर्फबाट जाँदै गर्दा मिनि ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमका लागि लमही पठाईएको र ठक्कर दिने ट्रक र चालक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्