१६ जेठ, काठमाडौ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट कार्यान्यन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । यस बर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटका सम्बन्धमा आईतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो “यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याईएको हो भन्ने म विश्वस्थ दिलाउन चाहन्छु । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ । ”
मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रीत भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो ।
उहाँले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहल कदमी लिएर खोपसेवा उपलब्ध गराउने काममा केन्द्रीत भएर लाग्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि सार्वजनिक गरिएको योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको जीवनरक्षामा केन्द्रीत हुने विश्वास दिलाउनुभयो ।।
न्युुजपोलारबाट