२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा आज १ सय ५८ जनाले जिते कोरोना



१६ जेठ, घोराही –
दाङमा वितेको २४ घण्टामा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज बेलुका ४ बजे दिएको जानकारी अनुसार जिल्लामा ६८ जनामा संक्रमण देखिएकोमा १५८ जना संक्रमणमुक्त भएका छन् ।

। बितेको २४ घण्टामा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १०९ जना महिला र ४९ जना पुरुष निको भएका छन् ।

त्यसैगरि निको हुनेमा तुलसीपुरका ८१ घोराहीका ४५ जना,बबइका ११ जना, शान्तिनगरका १० जना, गढवाका ६ जना र दंगीशणका ५ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी आज थपिनेमा घोराही र तुलसीपुरका ४/४ जना , लमहीका ३१ जना, गढवाका ३ जना ,राप्तीका १ जान रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ७ हजार ३९ रहेको छन भने निको हुनेको संख्या ५ हजार ७ सय ६६ पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्