२०८२ बैशाख १८ गते बुधवार

दाङका भाइरल सडक बजेट संघको, प्रचार स्थानीय सरकारको



१७ बैशाख, घोराही- संघन शहरी तथा भवन निर्माण आयोजना दाङले ३ वर्षको अवधिमा ४८ किलो मिटर सडक कालोपत्रे गरेको छ । आयोजना सुरु भएदेखि हालसम्म ठूला प्रोजेक्टमार्फत ४८ किलो मिटर निर्माण गरेको र साना काम पनि भइराखेको आयोजनाले जनाएको छ । ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर अन्तिम तयारीमा रहेको आयोजनाले जनाएको छ ।

जिल्लामा आयोजना २०७५ भदौबाट सुरु भएको हो । आयोजनाले सडक कालोपत्रेसँगै फुटपाथसहित नाला निर्माण गरेको हो । त्यसका लागि करिब २ अर्ब बजेट खर्च भएको सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिए । प्याकेज नं. १ अन्र्तगत १४.३ किलोमिटर बाटो कालोपत्रे भएको छ । जुन नारायणपुर नारेवाङ सर्रा–सौडियार सडक रहेको छ । जसमा २८.६ किलोमिटर पक्की नाला र फुटपाथसमेत निर्माण गरिएको छ ।

प्याजेज २ अन्र्तगत ९.२ किलोमिटर सडक कालोपत्रे भएको छ । जुन घोराही बाँसबोट हापुर हुँदै रक्षाचौर सडकखण्ड रहेको आयोजना प्रमुख चौधरीले बताउनु भयो । रुकुमपूर्वमा १.७४ किलोमिटर कालोपत्रे गरिएको छ । प्याकेज ३ अन्र्तगत १३.६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । जसमा २५.३ किलोमिटरमा फुटपाथसहित पक्की नाला निर्माण गरिएको आयोजनाले जनाएको छ । प्याकेज ३ अन्र्तगत घोराही ल्याण्डफिल साइड हुँदै बाहुनडाँडा, झिँगौरा हुँदै स्वर्गद्वारी आश्रम, रतनपुर चोकबाट भनेटेनरी अस्पताल, प्रहरी बोर्डिङदेखि खिरटिया, मालपोत कार्यालयदेखि क्याम्पस तलसम्म र रामपुरको बालिम खोलादेखि सिमलतारासम्मको सडक रहेको आयोजना प्रमुख चौधरीले बताउनुभयो ।

प्याकेज १ र ३ अन्र्तगतका काम सकिएका छन् भने प्याकेज नं. २ को काम अन्तिम अवस्थामा छ । त्यसैगरेर पर्सेनी सडकखण्ड अन्र्तगत १.५३ किलोमिटर कालोपत्रे गरिएको छ । नारायणपुर सडकखण्ड अन्र्तगत २.६५ किलोमिटर कालोपत्रे गरिएको छ । तुलसीपुरको टरिगाउँ सडकखण्ड अन्र्तगत १.६ किलोमिटर कालोपत्रे गरिएको छ । दुधरास सडकखण्ड अन्र्तगत १.८ किलोमिटर कालोपत्रे गरिएको आयोजनाले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्