२०८१ असार ३१ गते आइतवार

प्युठानमा शनिबार देखि लकडाउन हुने



१७ बैशाख,घोराही ।
प्युठानमा पनि शनिबार देखि लकडाउन हुने भएको छ ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शनिबारबाट एक सातासम्म लकडाउन गर्ने निर्णय भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
शुक्रबार बिहान बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रकोे बैठकले शनिबार बिहान ६ बजेदेखि लागू हुने निर्णय गरेको हो ।
लकडाउनमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ। बैठकले फलफूल ,तरकारी दूध, इन्धन र मासु पसल, खाद्यान्नको सवारी भने संचालन गर्न पाउने निर्णय गरेको छ ।

त्यस्तै,बिबाह ,पार्टी गर्न परेमा जिल्ला प्रशासनको स्वीकृति लिएर मात्र बढिमा १५ जना उपस्थित हुन पाउने,लघुबित्तका गाउँ गाउँ गएर समुह जम्मा गर्ने काम नगर्ने,अति आबश्यक बस्तु बाहेकका सबै पसल बन्द गर्ने, बैंक तथा बित्तीय सस्थाका कर्मचारीलाई अफिसियलि कार्ड देखाएर मात्र दुई पाङ्ग्रे सवारि चल्न दिने,औसधि पसल २४ घन्टा खुल्न पाउने निर्णय भएको छ।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्