१७ बैशाख,घोराही।
दाङमा शुक्रबार २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २ सय ६९ जनामा गरिएको स्वाब परिक्षणमा एक सय ८० जनामा र जिल्ला बाहिर १ सय जनाको स्वाब परिक्षण गर्दा ४९ जना गरि २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा सबै भन्दा धेरै घोराहीका ९२ जना, तुलसीपुरका ६६ जना, लमही र शान्तिनगरका ४/४ जना, बबई, गढवाका, दंगिशरणका र राप्तिका ३÷३ जना, र बंगलाचुलीका १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, जिल्ला बाहिर स्वाब परिक्षण गराएकाहरु मध्य तुलसीपुरका ३१, घोराहीका १७, राप्तीका र लमहीका १/१ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दाङमा अहिले १ हजार ३ सय ६६ जना सकृय बिरामी छन् । अहिले कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ४२ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १७ जना बिरामीको उपचार भैरहेको छ । यस्तै बाकी केही जिल्ला बाहिर र होम आईशोलेशनमा बसेका छन् ।