२०८२ बैशाख १८ गते बुधवार

प्रकाश सपुतलाई कोरोना संक्रमण, भन्छन-“कोरोनालाई सामान्य नठानौं”



१७ बैशाख,घोराही । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत् दिएका हुन्।

संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा छन्। अवस्था सामान्य रहेको उनको भनाइ छ।

‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरिघरि श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि पीसीआर टेस्ट गरेको थिएँ,’ उनले भनेका छन्, ‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौँ तर यसलाई सामान्य भने नठानौँ। किनकि लक्षण सामान्य भए पनि यसले निकै हतोत्साही बनाउने रहेछ।’

साथै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई पीसीआर परीक्षण गर्न र सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्