२०८१ माघ २६ गते शनिवार

चट्याङ लागेर सल्यानका दुई बालक घाइते



१७  बैशाख,सल्यान । सल्यानमा चट्याङ पर्दा दुई बालक घाइते भएका छन्। जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर कोटमा बिहीबार राती जङ्ग बहादुर थापामा घरमा परेको चट्याङले दुई बालक घाइते भएका हुन्।

घाइते हुनेमा थापामा दुई वर्षीय छोरा सन्दिप थापा र फुपुको घरमा आएका १४ वर्षीय सन्तोष डाँगी रहेको स्थानीय दीपक भण्डारीले जानकारी दिए।

घाइते दुवै बालकको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै कपुरकोट गाउँपालिकाको डांग्रीमा परेको चट्याङले एक गोरु मरेको प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जंगलमा लागेको आगो बस्तीमा पस्दा चार घरगोठ जले

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरमा चार घरगोठ जलेर नष्ट भएका छन्।

पोखरा सामुदायिक वनमा लागेको आगो बिहीबार साँझ बस्तीमा पसेको थियो। बस्तीमा पसेको डढेलोले स्थानीय जीत बहादुर डाँगीको घर गोठ, दीपक खत्रीको घर जलेका छन्। यस्तै शेरबहादुर खड्का र रुपलाल डाँगीको गोठ जलेर नष्ट भएको स्थानीय दीपक भण्डारीले जानकारी दिए। थाहाखबरबाट साभार

 

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्