१७ बैशाख,घोराही ।
दाङमा आज देखि लकडाउन सुरु भएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढेपछि रोकथाम तथा नियन्त्रणका लागी जिल्लामा आज विहान ६ बजेदेखी आउदो बैशाख २५ गते बेलुकी ६ बजे सम्म लकडाउनको घोषणा गरिएको हो । लकडाउनको अवधीभर खाद्यन्नका लागी दैनिक विहान ७ बजेदेखि ८ बजे सम्म पसल खुला हुनेछन् । यस्तै, सवै कार्यालय, बैंक, वित्तिय संस्था पनि बन्द हुनेछन् । अति आबश्यक सवारी साधन सन्चालनका लागी भने प्रशासनबाट अनुमति लिनुपर्ने छ ।
तर तरकारी,दुध, विद्युत ,ईन्धन,टेलीकम,खानेपानी,औषधी बोकेका गाडी,एम्ब्लेन्स तथा प्रेसका गाडीहरुभने निर्वाध रुपमा चल्ने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन । यता घोराहीमा विगतको लकडाउन भन्दा यसपटक बजार सुनसान देखिएको छ । गतबर्ष अनावस्यक रुपमा हिडडुल गरेको पाईन्थ्यो तर विहानै देखि घोराही सुनसान बनेको छ ।