२०८० फाल्गुन १२ गते शनिवार

दाङ क्रिकेट लिगको फाईनल भोली, घोराही टाईगर्स र देउखुरी वारियर्सको भिडन्त




१६ चैत्र, घोराही,- दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स र देउखुरी वारियर्स फाईनल प्रवेश गरेका छन् । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा आज भएको खेलमा देउखुरी वारियर्सले दंगाली लायन्समाथि रोमान्चक ५ रनको जीत निकाल्दै फाईनलमा पुुगेको हो । यसअघि घोराही टाईगर्सले ४ खेलमध्ये ३ मा जीत र १ मा हारसहित स्पष्ट ६ अंकका साथ फाईनलमा प्रवेश गरेको थियो । बुधबार भएको खेलमा ९३ रनको सामान्य लक्ष्य पछ्याएको दंगाली लायन्स सम्हालिएर खेल्न नसक्दा सस्तैमा समेटिँदै देउखुरी वारियर्ससँग पराजित हुन पुुग्यो ।

दंगाली लायन्सले १६ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । दंगालीलाई कम स्कोरमा पनि सस्तैमा समेट्न विशाल विक्रम केसी र आशिष वलीले समान ३–३ विकेट लिँदा प्रतिष जिसी र करण घर्तीले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङमा आएको देउखुरी वारियर्सले शुरुवात राम्रो गरेपनि लगातार विकेट गुमाएपछि १७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ९२ रनमै समेटिएको थियो ।

दंगाली लायन्सका तर्फबाट अनिल खरेल र विक्रम भुसालले समान ४–४ विकेट लिँदा राजबीर सिंहले १ विकेट लिनुुभएको थियो । घोराही र देउखुरी उदघाटन खेममा आमनेसामने भएका थिए ।

आजको हारसँगै लिग चरणका सबै खेल सकिएका छन् । अब बिहीबार दिउँसो १ बजे घोराही टाईगर्स र संघर्षपूर्ण जित निकालेको देउखुरी वारियर्सले उपाधिका लागि भिड्ने भएका लिग संयोजक प्रदीप मजगैयाले जानकारी दिनुुभयो । जारी लिगमा ५ वटा फ्रेन्चाइज क्लब स्थापना गरेर अक्सनमार्फत खेलाडी किनबेच गरी लिग आयोजना गरिएको हो ।।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्