१६ चैत, घोराही –
आसन्न स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ। देशकै केन्द्रविन्दु रहेको दाङमा पनि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।
प्रहरीले घोराही स्थित मैदानमा भर्ना छनौट प्रकिया सुरु गरेको छ। आगामी २०७९ बैशाख ३० गतेका लागि तोकिएको स्थानिय तह निर्वाचनका आह्वान गरिएको आबेदनमा दाङमा ७ हजार ६ सय ६३ जनाले आबेदन दिएका हुन् ।
दाङमा १ हजार ६ सय ४ जना म्यादी प्रहरीको कोटा तोकिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी मुकुन्द रिजालले बताउनुुभयो । हेर्नुस् छनौट प्रक्रियाका केही तस्बिरहरु:
तस्बिरः कमल ओली
प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार