२०८१ असार ३ गते आइतवार

पलको निवेदनउपर उच्च अदालतमा पहिलो सुनुवाइ



१६ चैत,घोराही –
नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाइ भएको छ ।
उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत तनहुँले धरौटीमा रिहाइको आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पोखरामा आवेदन दिएका हुन् ।

प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतले थप अनुसन्धानको लागि पुर्पक्षमा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशबाट असन्तुष्ट भएको भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।

उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएको सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताउनुुभयो ।

निवेदन दिए पनि थपअनुसन्धान विना आदेश दिन नमिल्ने जानकारी दिनुुभयो । तनहुँ अदालतले दिएको थुनछेकको आदेश र आदेश जारी गर्दाको प्रतिलिपी, प्रमाण माग गरेको उहाँको भनाइ छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्