२०८१ माघ २६ गते शनिवार

दाङका परियारको मेचीमहाकाली उल्टो पैदलयात्रा भोली सकिदै



१६ चैत,घोराही – दाङ तुलसीपुर ३ रानागाउँका ऋषि परियारको मेचीमहाकाली उल्टो पैदलयात्रा भोलि सकिदैछ । गत माघ १५ गते पुर्वको झापा मेची पुलबाट यात्रा सुरु गर्नुभएका उहाले भोली पश्चिम महाकालीको पुलमा पुगेर यात्रा समापन गर्ने तयारी गर्नुभएको छ ।

उहाले अहिले सम्म झन्डै एक हजार किलोमिटर दुरी पार गर्नुभएको छ । यात्रा सुभारम्भ गरेको दुई महिना एक दिनमा उहा कैलाली र कन्चनपुरको सिमा क्षेत्र नजिक पुग्नु भएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्मको जम्मा दुरी १०२४ किलोमिटर भएकोमा अहिले सम्म ९७५ किलोमिटर उल्टो पैदल हिडेर पार गरीसकेको उहाले जानकारी दिनुभयो । उहाका अनुसार झापा,मोरङ, सप्तरी, सिराहा,दाङ लगाएत २० जिल्ला पार गरीसक्नु भएको छ ।

अब कन्चनपुर जिल्ला मात्रै बाँकी रहेको हुदा झन्डै ५० किलोमिटर दुरी आज र भोली सम्म पार गरेर महाकाली पुलमा दिउँसो ३÷४ बजे सम्म एक कार्यक्रमको आयोजना गरी समापन गर्ने तयारी गरेको उहाले बताउनुभयो । स्वास्थ्यका लागी उल्टो पैदल यात्रा सफलता पुर्वक सम्पन्न गर्न लागेको उहाले बताउनुभयो । विशेषगरी उल्टो पैदल यात्रा गरेर देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सुरुमा दुई महिनामा यात्रा पुरा गर्ने लक्ष्य राखेपनि दुई दिन ढिला गरी लक्ष्य पुरा गर्न सफल भएको उहाले बताउनुभयो ।

अहिले सम्मको यात्रामा सबैको सोचे भन्दा राम्रो सहयोग र साथ पाएको उहाले प्रतिक्रिया दिनुभयो । सम्पुर्ण जनता,सुरक्षाकर्मी, प्रशासन, संचारकर्मी सबैको राम्रो साथ पाएकोमा खुशी व्यक्त गर्दे उहाले अहिले सम्म सहयोग गर्ने सबै प्रति आभारप्रकट गर्नुभएको छ । यो अवधी सम्म तिन जोर चप्पल र तिन जोर कपडा बदलेको उहाले बताउनुभयो ।स्वास्थ्यले पनि राम्रो साथ दिएको उहाले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्