२०८२ बैशाख ११ गते बुधवार

नेपाल वायु प्रदूषणः ‘रातो सूर्य सोझै हेर्दा आँखाको दृष्टि गुम्न सक्छ’



केही दिनदेखि काठमाण्डू उपत्यकासहित नेपालका धेरै भागमा तुवाँलो लागेको छ।

डढेलोका कारण वायु प्रदूषण बढेको हुँदा जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने विज्ञहरूले बताएका छन्।

धेरै मानिसले आँखा र नाक पोलेको तथा सास फेर्दा समस्या भएको गुनासो गरेका छन्। तर कतिपय मानिसले भने चन्द्रमा र सूर्य पनि रातो देखिएकाले सोझै हेर्ने वा तस्बिर खिच्ने गरिरहेका छन्।

प्रदूषणका कारण हावामा सूक्ष्म कणहरू भएकाले सूर्य र चन्द्रमा रङ्गीन देखिएका हुन्। तर त्यसरी सूर्य हेर्दा आँखा बिग्रिन तथा दृष्टि पूरै गुम्न पनि सक्ने चिकित्सकहरू बताउँछन्।

घाम र प्रदूषणबाट अहिलेको अवस्थामा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ?

शल्यचिकित्सक डा. किशोरराज प्रधानसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

अहिले काठमाण्डूको प्रदूषणले ‘फोक्सो र आँखामा असर पार्न सक्छ’, जोगिने उपाय यस्ता छन्

वायु प्रदूषणका कारण नेपालभरि चार दिन विद्यालय बन्द गर्ने निर्णय, कहिले सुध्रिएला अवस्था

बिबिसी डटकमबाट

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्