१७ माघ, घोराही –दाङको घोराहीमा सीता ग्लोबल इन्टरटेन्मेन्टको उद्घाटन गरिएको छ। रिबन काटेर कार्यक्रमको उद्घाटनको गर्दै सीता बुढामगरले इन्टरटेन्मेन्टले मनोरञ्जनको क्षेत्रमा नयाँ अध्यायको आरम्भ गरेको र यस अन्तर्गत विभिन्न आकर्षक कार्यक्रमहरूको आयोजना गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्टरटेन्मेन्ट अन्तर्गत एसटीबी इभेन्ट, भ्वाइस रिभोलुसन दाङ, डान्स रिभोलुसन दाङ र एसटीबी डान्स एकेडेमी जस्ता कार्यक्रमहरू आयोजना गरिनेछ। संस्थाले मनोरञ्जनका विविध गतिविधिहरूको माध्यमबाट घोराहीको सांस्कृतिक र सामाजिक जीवनलाई समृद्ध बनाउने योजना बनाएको उहाँले बताउनुभयो ।
साथै, इन्टरटेन्मेन्टले स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने र नयाँ प्रतिभाहरूलाई अवसर दिने लक्ष्य राखेको बताइएको छ। पहिलो चरणको कार्यक्रम फागुन १६ गतेबाट सुरु हुने छ। कार्यक्रममा र्यापर डोङको प्रस्तुति रहने छ र विशेष टिकटको व्यवस्था गरिएको छ । जसमा ख्क्ष्ए, जनरल र प्लाटिनम टिकट उपलब्ध हुनेछ। विशेषगरी, प्लाटिनम टिकट धारकहरूले डोङसँग व्यक्तिगत रूपमा भेट्ने अवसर प्राप्त गर्नेछन्।
यस्तै दोस्रो चरणको कार्यक्रम पनि लगत्तै सुरुहुने आयोजकले जानकारीस् दिएको छ । कार्यक्रममा ब्रान्ड एम्बेसडर जिम्मेवारी टोटल बूढा मगरले लिनुहुनेछ भने जजको रूपमा सुबिन तामाङ रहनुहुने कताईएको छ। कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सृष्टि मगर र समूह व्यवस्थापन लिडरको रूपमा पंकज सुवेदी र धीरज ज्ञवालीले गर्नुहुने छ ।।