१५ माघ,घोराही-
घोराही उपमहानगरपालिकाले भोली देखी छुटेका र दोस्रो डोज लगाउने समय पुुगेका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । कोरोना खोप व्यवस्थापन समितिको आज बसेको बैठकले यस अघि खोप लगाउन छुुटेका १२ बर्ष देखी १७ बर्ष सम्मका विद्यार्थीहरुलाई भोली खोप लगाउने निर्णय गरेको हो ।
जस अनुसार यस अघि खोप छुुटेका विद्यार्थीलाई घोराही १४ को शहरी स्वास्थ्य केन्द्र र १५ को दाङ भ्याली कलेजमा खोप केन्द्र तोकिएको छ । यस अघि सम्म खोप लगाएका विद्यार्थीहरुलाई दोस्रो डोज खोप पर्सि १८ गते देखी २३ गते सम्म लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभएको छ ।
खोप लगाउनका लागि विद्यालय एवं स्वास्थ्य संस्थाहरु तोकिएका छन् । करिब ८० बढी खोप केन्द्र तोकिएको र २३ हजा ७ सय १९ जना विद्यार्थीलाई खोप लगाउने लक्ष्य लिईएको छ ।
यस अघि पुुस २० गते देखी २६ सम्म घोराही उपमहानगरले २२ हजार ४ सय ५५ जना बालबालिकाले कोरोना बिरुद्धको मोर्डना खोपको पहिलो डोज लगाएका थिए ।।