२०८१ माघ ४ गते शुक्रवार

लुम्बिनी प्रदेशमा पौने ३३ लाखले कोरोना बिरुद्ध खोप लगाए



१६ माघ, घोराही –
लुुम्बिनी प्रदेशमा अहिले सम्म झण्डै पौने ३३ लाख नागरिकहरुले कोरोना बिरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज घोराही आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३ सय २९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।

ति मध्य २४ लाख २६ हजार ६ सय ८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ बर्ष माथीका ३९ लाख ६७ हजार ६ सय ७४ जना व्यक्ति रहेको अनुमान छ ।

प्रदेशमा ११ लाख ४ हजार ३ सय ५२ डोज खोप आबस्यक रहेको र अहिले १० लाख ८३ हजार ४ सय ७७ डोज खोप मौज्दात रहेको मन्त्रालयका सचिब डा. विकास देवकोटाले जानकारी दिनुुभयो ।

कोरोना संक्रमण यता लुुम्बिनी प्रदेशमा करिब ७ लाख जनाको कोरोना जाँच भएको र ति मध्य एक लाख ३३ हजार ७ सय ६६ जना संक्रमित भएका थिए । प्रदेशभरको कुुल जनसंख्याको १९ दशमलब १४ प्रतिशत नागरिकहरु संक्रमित भएका छन् ।

ति मध्य १ दशमलब ८१ प्रतिशत अर्थात २ हजार ४ सय ११ जनाको कोरोना संक्रमणका कारण मृत्युुभएको छ । प्रदेशमा अहिले ७ हजार ६ सय ४१ जना सकृय विरामी रहेका छन् । ति मध्य एक सय ३१ जना अक्सीजन सहितको उपचारमा, २१ जना आईसीयूमा, २ जना भेन्टीलेटरमा र अन्य बिरामी घरमै रहेका छन् ।।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्