२०८१ माघ १२ गते शनिवार

दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जना घाइते



१६ माघ, घोराही –
दाङमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन । घोराही–तुलसीपुर सडक खण्ड अन्र्तगत नारायणपुर स्थित कार र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका ११ बस्ने ३३ वर्षीय विपीन रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

आइतबार बिहान पौने १० बजे बा २०२० च ९३८५ नम्बरको कार र बा ८९ ब ९००७ नम्बरको मोटरसाइकल ठोक्किदा घाइते हुनु भएका रावतको राप्ती स्वास्थ्य विज्ञान घोराहीमा सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै घोराहीमा बजारमा अर्को सवारी साधन दुर्घटना भएको छ । रा ६ प ५९७९ नम्बरको स्कुटर र रा ३ प १४९६ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा चार जना घाइते भएका छन । घाईते हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १३ बस्ने २० वर्षीय उत्तम चौधरी,स्कृटर चालक सोही ठाउँ बस्ने ४७ वर्षीय महेन्द्र बुढा, उहाँकी छोरी २१ वर्षीया सुप्रिया बुढा र छोरा ९ वर्षीय सुप्रिम बुढा रहेको प्रहरीले बताएको छ । घाइते चार जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यसैगरी तुलसीपुर ८ कृष्णमन्दिर स्थित जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय सरोज ठकुरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । तुलसीपुरदेखि पश्चिमतर्फ जादै गरेको रा १ ज ७१३ नम्बरको जीप र रा ५ प १६५३ नम्बरको मोटरसाइकल आइतवार दिउँसो २ बजे ठोकिदा मोटरसाइकल चालक घाइते भएका छन । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्