२०८१ माघ ४ गते शुक्रवार

दाङमा घोराही बाहेक अन्य पालिकाका विद्यालयहरु खुले



१६ माघ,घोराही –
विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन आजदेखि विद्यालयहरु खुुलेका छन् । विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीबारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरेको छ ।

विद्यालयमै खोप अभियान शुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका लागि विद्यालय खोलिएको हो । यता दाङका घोराही उपमहानगर बाहेक अन्य ९ वटा पालिकाका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको मोर्डना खोप लगाउन सुरु भएको छ ।

तुलसीपुर र शान्तिनगरमा खोप कार्यक्रम सुरु भएको र अन्य पालिकाका भोली देखी सुरु हुने छ । यता घोराही उपमहानगरपालिकाले भने विद्यार्थीहरुलाई दोस्रो डोज खोप दिने तयारी गरेको छ ।

नगर भित्रका करिब २२ हजार बढी बालबालिकाले पहिलो डोज खोप लगाईसकेका छन् । सरकारले कोरोनाको संक्रमण दर बढ्दै गएपछि गत पुस २५ गते देखी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्न गरेको थियो ।।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्