२०८१ चैत्र १० गते आइतवार

स्थापना दिवसका अवसरमा सञ्चारकर्मी तथा विभिन्न संस्थालाई सम्मान गरिने



१७ माघ,घोराही ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना दिवसका अवसरमा विभिन्न सञ्चारकर्मीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।माघ १९ गते मनाउन लागिएको आफ्नो २८ औं स्थापना दिवसका अवसरमा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मी, विभिन्न सञ्चार संस्थाहरु तथा विभिन्न संस्थागत रुपमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ, दाङ शाखाले अविराम पत्रकारिता सम्मानबाट विपुल पोख्रेल,योगदान पत्रकारिता सम्मानबाट केबि मसाल, प्रताप रेग्मी , शारदा शर्मा,पत्रकारिता प्रतिभा पुरस्कारबाट बसुन्धरा गौतम, जितेन्द्र बहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट शरद रेग्मी,विष्णु— भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कारबाट शुसिल बस्नेत,अकिल—टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट नरेन्द्र केसी, चिन्तामणी— जुमना पोख्रेल स्मृति पुरस्कार बाट निमुसंगम घर्ती,पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट संगित बस्याल,शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट अन्नत आरसी ,लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट सुमन केसीलाई सम्मान गर्नलागेको छ । ।

त्यसैगरि,नदीन स्मृति पत्रकारिता पुरस्कारबाट दिपक ओली, देवकी नन्दन प्रतिभा पुरस्कार बाट किरण गौतम,वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यमकला भुसाल, पत्रकारिता प्रोत्साहन पुरस्कारबाट चन्द्र प्रकाश नेपाली, सवि थारु, शैलेस अधिकारी, प्रियास्मृति गजमेर, रमा विश्वकर्मा, भागवत भट्टराई, उमा भण्डारी,यज्ञ बहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोष सुबेदी,ओम प्रकाश सुभद्रादेवी स्मृति पत्रकारिता पुरस्कारबाट शिवराज खनाल,दुर्गा— टिका स्मृति पत्रकारिता पुरस्कारबाट चन्द्र खनाल,रोशन स्मृति पत्रकारिता पुरस्कार बाट राज कुमार चौधरी,नारायणी स्मृति पत्रकारिता पुरस्कार बाट बसन्त पौडेल लाई सम्मान गर्दै छ । साथै १९ गते मनाउन लागिएको स्थापना दिवसमा सबैलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ ।।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस्