१७ माघ,घोराही।
सरकारले गरेको संसद विघटनको असैवधानिक कदमका विरूद्व दाङको घोराहीमामा जनता समाजवादी पाटिले जनप्रदर्शन तथा विरोध सभा गरेको छ ।
सभालाई सम्बोधन गर्दै पार्टिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी डा. बाबुुराम भट्टराइले गणतन्त्र, संघीयता, लोकतान्त्रिक तथा समावेशीकरणलाई प्रधानमन्त्री के.पी शर्मा ओलीले समाप्त पार्न खोजेको र लोकतन्त्र संकटमा पारेको बताउनुुभएको छ ।
अघि बढिसकेको इतिहासलाई ओलीले फेरी फर्काउन खोजेको भन्दै ओली नैतिकता हराएको व्यक्ति भएको आरोप लागाउनुुभएको हो । हिमाल, पहाड, तराई, मुस्लिम, थारु लगाएत सबै समुदायलाई एकताबद्ध गर्दै लोकतन्त्रको रक्षा संगै संबिधानलाई संसोधन गरेर अगाडि बढ्नुपर्ने बताउनुुभएको छ ।
प्रधानमन्त्री ओलीले सार्वभौम नेपाली जनताको प्रतिनिधि मार्फत घोषणा भएको संविधान माथि हमला गरेको उल्लेख गर्दै भट्टराइले सबैलाई सडकमा उत्रिन आग्रह गर्नुभयो ।
सच्चा नेतृत्वकर्ताले आउँदो पुस्ताको भविश्यको बारेमा सोच्नु पर्ने भन्दै त्यो गुण ओलीमा नभएको आरोप लगाउनुभएको छ । पाटिका केन्द्रिय सदस्य तथा समायोजन कार्यदलका संयोजक केशव रिजालको अध्यक्षतामा जनप्रदर्शन तथा विरोध सभा भएको थियो ।।