१७ माघ,घोराही।
मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघ दाङले आज आफ्नो पाचौँ साधारण सभा सम्पन्न गरेको छ । संघका अध्यक्ष दिपक पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै उहाँले आजको युगमा मोवाईल सेट र विद्युतिय सामाग्रीको निकै महत्व रहेको बताउनु भयो । मोबाईल सेटले सञ्चारमा सहजतासँगै अनलाईनमार्फत् गरिने विभिन्न क्रियाकलापमा सहजता ल्याएको उहाँले बताउनु भयो । प्रत्येकको हातहातमा मोबाईल सेट पु¥याउन व्यवसायीहरुको मुख्य भुमिका भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, १८ का अध्यक्ष भरत अर्याल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, पुर्व अध्यक्ष नारायन भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सुचना र प्रविधीको विकाससँगै सबैको पहुचमा मोबाईल सेट पुराउन व्यवसायले पनि महत्वपुर्ण भुमिका खेलेको बताएका हुन् ।
उत्कृष्ठ मोबाईल पसलका रुपमा बुढा मोबाईल सेन्टरलाई सम्मान गरिएको हो । यस्तै उत्कृष्ट मोबाईल व्यवसायीकोतर्फबाट देवेन्द्र ज्ञवाली र दिलवहादुर बुढालाई सम्मान गरिएको हो । सालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव शेषनारायन शर्माले गर्नु भएको थियो ।।