२०८१ चैत्र ११ गते सोमवार

दोस्रो राष्ट्रिय व्यावसायिक हाप्किडो च्याम्पियनसिप सम्पन्न



१४ पुस, बाँके-बाँके जिल्लामा दोस्रो राष्ट्रिय व्यावसायिक हाप्किडो च्याम्पियनसिप २०८१ भव्य रूपमा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा लुम्विनी प्रदेशले १७ स्वर्ण, १३ रजत, र ७ कांस्य पदक सहित टीम च्याम्पियनको उपाधि जित्न सफल भयो । यसैगरी सुदुरपश्चिम प्रदेशले ११ स्वर्ण, ९ रजत, र ८ कांस्य पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने कोशी प्रदेशले ६ स्वर्ण, ७ रजत, र ७ कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्‍यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुष तर्फ सुदुरपश्चिम प्रदेशका नविन बहादुर धामी र महिलातर्फ लुम्विनी प्रदेशकी विनिता के. शी. घोषित भईन । उत्कृष्ट प्रशिक्षकमा पुरुष तर्फ सुदुरपश्चिम प्रदेशका वीर बहादुर सारु मगर र महिलातर्फ लुम्विनी प्रदेशकी एलिशा खड्का घोषित भईन । उदयमान खेलाडीको रूपमा पुर्ष तर्फ मधेश प्रदेशका राजकुमार महतोले प्राप्त गरे भने महिला तर्फ कर्णालीकी नविना भण्डारी भईन । उत्कृष्ट रेफ्रीको उपाधि गण्डकी प्रदेशका पुरुष तर्फ समिर गुरुङ र महिलातर्फ लुम्विनी प्रदेशकी निक्कु विश्वकर्मा ले प्राप्त गरिन । अनुशासित खेलाडी पुरुषतर्फ बागमती प्रदेशका प्रसन्न आचार्य र महिलातर्फ सुदुरपश्चिम प्रदेशकी बिमला थापा मगर भईन ।

सेल्फ डिफेन्स, डेमोस्ट्रेसन तर्फ प्रथम स्थान लुम्विनी प्रदेश, दोस्रो स्थान कोशी प्रदेश, र तेस्रो स्थान बागमती प्रदेशले प्राप्त गरे ।
नेपाल हाप्किडो संघको आयोजनामा प्रतियोगिता भएको थियो ।
संघले वार्षिक कार्यक्रम अनुसार ६ वटा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्